शिक्षा विकास तथा समन्वय इकाइ, बाराका प्रमुख विरुद्ध अख्तियारद्धारा भ्रष्टाचारको मुद्दा दायर
१६ लाख ९२ हजार २ सय ६९ रुपैँया २५ पैसा लाभ दिलाई सरकारी हानिनोक्सानी गर्न सहयोग
वि.सं.२०८० मंसिर ५ मंगलवार २१:२४
बारा-अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंले शिक्षा विकास तथा समन्वय इकाइ, बाराका विद्यालय निरीक्षक बृज किशोर यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका श्री राम प्राथमिक विद्यालय भर्वलिया, बरैनिया–२ का तत्कालीन प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय प्रथामिक विद्यालय रौवाहीका पूर्व शिक्षक योगेन्द्र प्रसाद यादवलाई संरक्षण गरेर कानून वपरित तलब सुविधा खुवाएको विषयमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालद्धारा जारी विज्ञप्तीमा निरीक्षक यादवले ७ वर्षअघि भ्रष्टाचार मुद्दामा विशेष अदालतले कसुरदार ठहर भएका शिक्षक योगेन्द्र प्रसाद यादव विरुद्ध आवश्यक कारवाहीका लागि पठाईएको पत्र कार्यालयमा दर्ता भएको अवस्थामा कार्यालयको विद्यालय प्रशासन शाखाको प्रमुखको हैसियतमा निलम्बनको कारवाही अगाडि बढाउनुपर्ने आफ्नो दायित्वसमेत पूरा नगरी उल्टै तलव निकासा गरेको अख्यितारको आरोप पत्रमा उल्लेख छ ।
१६ वैशाख २०७३ मा भएको फैसला कार्यान्वयन नगरेर प्रमुख यादवले औषधि उपचार विरामी विदा तथा निवृत्तभरण उपलब्ध गराउनका लागि राष्ट्रिय कितावखाना (शिक्षक), ताहाचल, काठमाडौंमा लेखी पठाउने समेतको कार्य गरी रु.१६ लाख ९२ हजार २ सय ६९ रुपैँया २५ पैसा लाभ दिलाई सरकारी हानिनोक्सानी गर्न सहयोग मद्दत पु¥याएको देखिँदा निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियारमा सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम प्रतिवादी योगेन्द्र प्रसाद यादवलाई हुने सरह नै सजाय हुन मागदाबी लिइएको छ, विज्ञप्तीमा उल्लेख छ ।
शिक्षक योगेन्द्रले फाइल गायव बनाई राजीनामा गरी, गराई निवृत्तभरण समेत लिए, दिलाइएको विषयमा अख्यितारले अनुसन्धान गरेको थियो ।
विज्ञप्तीमा भनिएको छ–भ्रष्टाचार मुद्दा दायर भै स्वतः निलम्बनमा रहने अवधि देखि स्वेच्छिक अबकासका लागि राजीनामा पेश गर्दासम्मको अवधिमा समेत रु.१.०५.०३२ । २५ निलम्वन रहेको अवधिमा पाउन सक्ने आधा रकम र सो मुद्दा फैसला भई स्वतः वर्खास्त भएको अवस्थामा औषधि उपचार, विरामी विदा र चाड पर्व खर्चसमेतको निबृत्तभरण रकमबापतको रु.१५.८७.२३७। भुक्तानी लिई कुल १६ लाख ९२ हजार दुई सय उनानसत्तरी रुपैया र पैसा पच्चीस आफूलाई गैरकानुनी लाभ र सरकारी सम्पत्ति हानिनोक्सानी गरे, पुयाएको साथै निजले प्रतिवादी चेथारु प्रसाद कुर्मीसमेतसँग मिलेमतो गरी हाजिरी किताब, बैठक पुस्तिका, तलवी भरपाई लगायत सरकारी कागजात लुकाउने नष्ट गर्ने समेतको कार्य गरेको देखिँदा निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ तथा १७ बमोजिम कसुरमा सोही ऐनको दफा १२ बमोजिम कैद र जरिबाना तथा सोही ऐनको दफा १७ ले निर्देशित गरेअनुसार सोही ऐनको दफा ३(१) को (च) बमोजिम कैद र जरिवाना गरी हानिनोक्सानी भएको बिगो ऐ. ऐनको दफा १७ बमोजिम निजबाट असूल उपर हुनसमेत मागदाबी लिइएको छ। साविक जिल्ला शिक्षा कार्यालय तथा हालको शिक्षा विकास तथा समन्वय इकाइ, बाराका विद्यालय निरीक्षक बृज किशोर यादवले योगेन्द्र प्रसाद यादवउपर भ्रष्टाचार मुद्दा दायर भएको हो ।
यो मुद्दामा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रौवाहीका तत्कालीन प्रधानाध्यापक धर्मेन्द्र प्रसाद यादवले योगेन्द्र प्रसाद यादवले दिएको राजीनामा स्वतः संकास्पद रहेकोमा सोको यथार्थता बुझी आफू प्रधानाध्यापक पदमा रहेको बखत बहाल रहेको विद्यालय व्यवस्थापन समितिको बैठक र निर्णयसहित स्वीकृतिका लागि पठाउनुपर्नेमा सो गरेको नदेखिएको, निजले प्रतिवादी योगेन्द्र प्रसाद यादवलाई लाभ पुयाउने बदनियत तथा मिलेमतो गरी व्यवस्थापन समितिको सिफारिस बेगर प्रतिवादी योगेन्द्र प्रसाद यादवलाई कुनै विभागीय कारबाही नभएको झुट्टा व्यहोरा र निजको बिदा साथै सेवा प्रमाणित सम्बन्धी कागजातसहित राजीनामा स्वीकृतिका लागि शिक्षा विकास तथा समन्वय इकाइ, बारामा लेखी पठाई प्रतिवादी योगेन्द्र प्रसाद यादवलाई निवृत्तभरण लगायतको रु.१५,८७.२३७।– बरावरको गैरकानुनी लाभ लिई सरकारी सम्पत्ति हानिनोक्सानी गर्न सहयोग र मद्दत पु¥याएको देखिँदा निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियारमा सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम सह प्रतिवादी योगेन्द्र प्रसाद यादवलाई हुने सरह नै सजाय हुन मागदाबी लिइएको छ ।
त्यस्तै नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रौवाहीका तत्कालीन प्रधानाध्यापक चेथारु प्रसाद कुर्मीले आफू नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रौवाहीमा प्रधानाध्यापक रहेको अवधिमा सोही विद्यालयको शिक्षक पदमा कार्यरत रहेका प्रतिवादी योगेन्द्र प्रसाद यादवउपर निज अर्को विद्यालयमा कार्यरत रहँदा सरकारी हानिनोक्सानी पु¥याएको भनी भ्रष्टाचार मुद्दा दायर भएको अवस्थामा स्वतः निलम्बन हुने शिक्षकलाई सो मुद्दा सम्बन्धी कागजात लुकाई मुद्दा दायर भएको मितिदेखि निजले राजीनामा दिएको मितिसम्म नपाउने नियम विपरीतको रु.१.०५.०३२। २५ तलब भत्ता भुक्तानी गर्नुका साथै तलव भत्ता निकासा भरपाई, संचय कोष कट्टी, विमा कट्टी, बैठक पुस्तिका, हाजिरी रजिष्टर, दर्ता किताब लगायतका कागजात लुकाउने वा नष्ट गर्ने र आफू शिक्षकको हैसियतमा नरहेको अवकास भैसकेको अवस्थामा निज योगेन्द्र प्रसाद यादवले दिएको राजीनामा प्रधानाध्यापक÷शिक्षकको हैसियतले सनाखत गर्ने समेत कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ तथा १७ बमोजिम कसुरको मतियारमा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सह प्रतिवादी योगेन्द्र प्रसाद यादवलाई हुने सरह नै सजाय हुन मागदाबी लिइएको छ ।
त्यस्तै साविक जिल्ला शिक्षा कार्यालय, बाराका तत्कालीन जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीले प्रतिवादी योगेन्द्र प्रसाद यादवलाई निलम्बन नगरी नियमित रुपमा कामकाजमा लगाउने तथा निज निलम्बन हुनुपर्ने समयदेखि राजीनामा दिएको मितिसम्मको तलव भत्तासमेत निकासा एवं भुक्तानी गरिदिएको कार्य गरी सहयोग÷मद्दत पु¥याएको देखिँदा निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियारमा सोही ऐनको दफा २२ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
त्यसैगरि साविक क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौडाका तत्कालीन का.मु. निर्देशक दिनेश कुमार श्रेष्ठ र शाखा अधिकृत बेद प्रसाद पौडेलले प्रतिवादी योगेन्द्र प्रसाद यादव विशेष अदालत, काठमाडौंबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेको अवस्थाको जानकारी हुँदाहुँदै निजलाई शिक्षक पदबाट बर्खास्त गर्ने सम्बन्धमा कुनै कारवाही अगाडि नबढाई निजलाई लाभ र सरकारी हानिनोक्सानी गर्न सहयोग मद्दत पु¥याएको देखिँदा निजहरुउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियारमा सोही ऐनको दफा २२ बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।
वि.सं.२०८० मंसिर ५ मंगलवार २१:२४