५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
वि.सं.२०७९ चैत ६ सोमवार ११:२२
1.32K
shares

काठमाडौं । नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गर्ने निर्णय गरेको छ । बैठकले डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरेको हो ।
बढुवा भएकाहरूमध्येबाट एक जना प्रहरीका नयाँ महानिरीक्षक हुनेछन्। बढुवाको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर छन्। गृह सचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा उनीहरूलाई बढुवा सिफारिस गरेको थियो ।
वि.सं.२०७९ चैत ६ सोमवार ११:२२

















