साफ यू–१७ महिला फुटबलः आज नेपाल र भारत भिड्दै
वि.सं.२०७९ चैत ६ सोमवार १०:४९

काठमाडौं । आजदेखि साउथ एसियन फुटबेल फेडेरेसन (साफ) यू–१७ महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ। ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली समयानुसार नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
बलियो टोली भारतलाई हराउँदै नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छ। भारत पनि जितको लक्ष्यसहित मैदान उत्रिनेछ। प्रतियोगिताअन्तर्गत सोमबार नै दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाली टोलीः
गोलकिपरः सुजता तामाङ, राधिला ओली, करुण बुढाथोकी
डिफेन्डरः अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु
मिडफिल्डरः माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ
फरवार्डः दीपा रोकाया, वर्षा ओली, सेनु परियार
वि.सं.२०७९ चैत ६ सोमवार १०:४९

















