पूर्व मेयर खनालको सहयोगमा नेविसंघ निजगढले बाड्यो पाँच विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट

वि.सं.२०८१ फागुन ८ बिहीवार २०:५८

बारा–निजगढ नगरपालिकाका पूर्व मेयर सुरेशकुमार खनालको सहयोगमा नेविसंघ निजगढले विद्यार्थीलाई ट्रयाक वितरण गरेको छ ।
कांग्रेस निकट नेपाल विद्यार्थी संघ निजगढ नगर कमिटीले निजगढका सामुदायिक विद्यालयमा आर्थिक रुपमा विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले ट्रयाक वितरण सुरु गरेको हो ।
निजगढ नगरपालिकाको साविक निजगढ, सिंगौलमा र रतनपुर क्षेत्रका गरि पाँच वटा विद्यालयका विद्यार्थीलाई वितरण गरिएको हो ।
निजगढ नगरपालिका–४ का नेपाल राष्ट्रिय आधारभूत विद्यालय र जनकल्याण आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई ट्रयाकसुट सेट वितरण गरेर आईतबारबाट अभियान सुरु गरिएको थियो ।
नेविसंघ निजगढ नगर सभापति इश्वर सापकोटाको टोलीले नेपाल राष्ट्रिय आधारभूत विद्यालयका २५ र जनकल्याणका २५ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक पोशाक वितरण गरेको नेविसंघ निजगढ नगर कार्यसमितिले निजगढ–१ सिंगौलस्थित श्री शिक्षाशक्ति नमुना आधारभूत विद्यालयमा अध्ययरत ३० जना र विहीबार निजगढ नगरपालिका वडा नम्बर १० लालस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा ३४ सेट र निजगढ नगरपालिका वडा नम्बर १३ श्री शिवशक्तेस्वर आधारभूत विद्यालय ३६ सेट ट्रयाकसुट वितरण गरेको छ ।
नेविसंघ निजगढ नगर कार्यसमितिका सभापति इश्वर सापकोटाले सभाध्यतामा भएको वितरण कार्यक्रममा पुर्व मेयर खनालको प्रमुख आतिथ्यता रहेको थियो ।
ट्रयाकसुट वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षदेखि स्थानीय जनप्रतिनिधि, विद्यार्थी संगठनका पदाधिकारी र पार्टीका प्रतिनिधि सहभागि हुने गरेका छन् ।
बालबालिकालाई सहयोग गर्ने कार्यको पूर्व मेयर खनालको स्थानीयले प्रशंसा गरेका छन् । उनीहरुले विद्यालय र विद्यार्थीका समस्या समाधानका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् ।

वि.सं.२०८१ फागुन ८ बिहीवार २०:५८