बाराको निजगढ नगरपालिका–१३ मा कांग्रेसका उम्मेदवार सूर्य घलान विजयी
वि.सं.२०७९ जेठ १ आइतवार ०९:२३
3.08K
shares

काठमाडौं । बाराको निजगढ नगरपालिका–१३ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार सूर्य घलान विजयी भएका छन् ।उनी ७ सय ७९ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमानसिंह थिङ्गले ५ सय ८६ मत प्राप्त गरेका छन् । थिङ्गलाई १ सय ९३ मतले पराजित गर्दै घलान दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
निजगढ मेयरमा कांग्रेसको अग्रता कायम छ । मेयरका उम्मेदवार सुरेश खनालले ७ सय ५१ मत प्राप्त गरेका छन् भने, एमालेका सुरथ पुरीले ५ सय ८३ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट रविराज दंगालले ५ सय ८९ मत पाउँदा एमालेका सोममाया थिङ्गले ५ सय ९९ मत प्राप्त गरेका छन् ।
वि.सं.२०७९ जेठ १ आइतवार ०९:२३

















