skip this

कांग्रेस सरकारमा जाने निश्चित भएको छ –उपसभापति गुरुङ

612 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा मन्त्रिमण्डल पुनगर्ठन हुने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । नेपाली कांग्रेस पोखरा महानगर कमिटीले पोखराको काहुँडाडामा आयोजना गरेको नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उपसभापति गुरुङले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारेका छन् ।

उपसभापति गुरुङले त्यसमा अहिलेको गठबन्धनमा उभिएका दलहरु सहभागी हुने बताएका छन् । उनले पछिल्लो समयक्रम अनुसार कांग्रेस सरकारमा जाने निश्चित भएको उल्लेख गरेका छन् । अब सरकारमा गएपछि काम गर्नुपर्छ । अब कुनै पनि हालतमा कांग्रेसलाई काम नगर्ने छुट छैन,’ उनले भने । अबको सरकारले राम्रो काम गरेर अर्को निर्वाचनमा मत संख्या बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

nijgadh-supermart-adz1200-630