कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रायमाझी मनोनयन
वि.सं.२०७९ भदौ १३ सोमवार १४:१५
1.21K
shares

काठमाण्डौँ– नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १२ को उपधारा ९१० बमोजिम देउवाले राष्ट्रिय सभा सदस्य रायमाझीलाई दलको नेता मनोनीत गरेका उनका निजी सचिव केशवराज जोशीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वि.सं.२०७९ भदौ १३ सोमवार १४:१५

















