महागढीमाई नगरपालिकाका सामुदायिक विद्यालयमा स्वचालित सेनेटरी प्याड मेसिन जडान
वि.सं.२०७८ चैत २५ शुक्रवार १५:५९
2.24K
shares

बारा । बाराको महागढीमाई नगरपालिकास्थित एउटा विद्यालयमा छात्राहरुका लागि स्वचालित सेनेटरी प्याड मेसिन जडान गरिएको छ ।
महागढीमाई–१ श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयमा शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख उपेन्द्र प्रसाद यादवले विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन हस्तान्तरण गरेका छन् ।
रजश्वला हुदाँ विद्यालय उपस्थित नहुने, विभिन्न समस्याका कारण विद्यालय आउन लजाउने जस्ता विषयहरुलाई ध्यानमा राखेर छात्रालाई झन सहज होस भन्ने उदेश्यले विद्यालयमा मेसिन जडान गरिएको नगर प्रमुख यादवले जानकारी दिए ।
उनले नगरका अन्य विद्यालयमा समेत मेसिन जडान गर्न नगरपालिकाले गृहकार्य गरिरहेको बताए ।
वि.सं.२०७८ चैत २५ शुक्रवार १५:५९



















