skip this farak Kura Pravakar

बारामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

2.79K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बारामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम गण्डक नहर सडक अन्तर्गत बाराको पचरौता नगरपालिका–९ कुडवामा बिहीबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक घाइते छन् भने पछाडी सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

तेलकुवाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बि.आर.०५ ए.एस. ७५८६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई नहरमा खस्दा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय रामजनम यादव रहेका छन् । उनी मोटरसाईकलमा सवार थिए । दुर्घटनामा मोटरसाइकल चालक बिरेन्द्र यादव गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रहरी चौकी लंगडाको सहयोगमा घाइते दुवै जनालाई उपचारको लागी रोशन अली अस्पताल वीरगञ्जमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगञ्जमा भर्ना गरिएको थियो । उपचारकै क्रममा रामजनमको राति पौने एक बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630