निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक छ –चन्द्रप्रसाद ढकाल
वि.सं.२०७९ चैत २५ शनिवार १८:२५
2.1K
shares

काठमाडौं । निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनमा उनले महासङ्घले पनि कृषि उद्यम केन्द्र बनाएर पनि काम गरिरहेको र त्यसमा एक सयभन्दा बढी सहकारी संलग्न रहेको बताएका छन्।
निजी क्षेत्र र सहकारीबीच लगानी सहकार्यका लागि बाधा अड्चनका रूपमा रहेका ऐन–नियमलाई फुकुवा गर्नुपर्ने उनको भनाई छ । सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पुहँच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादनलगायत अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको ढकालको भनाइ छ ।
वि.सं.२०७९ चैत २५ शनिवार १८:२५
















