skip this farak Kura Pravakar

३० हजार घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा

573 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ -लागू औषधको मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीसँग ३० हजार घुस लिने नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापोखरीमा तत्कालीन कार्यरत सई साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० लाख लिइसकेको अवस्थामा आयोगले रंगेहात पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साउदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ख) मा उल्लेखित कसुर गरेको देखिँदा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिई विशेषमा मुद्दा दायर गरिएको हो ।

 

nijgadh-supermart-adz1200-630