बाराका यी उम्मेदवार जसले टिकट हात पार्न चुनावको पूर्वसन्ध्यामा दल बदले, जसले स्वतन्त्र उम्मेदवारी दिए
केहिले स्वतन्त्र उम्मेदवारी दिए
वि.सं.२०७९ असोज २९ शनिवार १२:२९

काठमाडौं– विचारको आधारमा भन्दा सिट बढाउने स्वार्थ राजीनितिक दलहरुले निर्वाचनका बेला नेता तथा कार्यकर्ता अदलबदल गाराउने गरेका छन् । विचार र सिद्धान्त भुलेर टिकट लेनदेनको सर्तमा पार्टी परिवर्तनको लहर चलेको छ ।

एकवाल मियाँ
लोसपा नेता एकवाल मियाँ एमाले प्रवेश गरेर प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । प्रतिनिधि सभा सदस्यका लागि टिकट निश्चित गरेर लोसपा पार्टी परित्याग गरेका उनी बारा–४ बाट एमालेका उम्मेदवार बनेका छन् । उनी २०७४ मा यहि क्षेत्रबाट निर्वाचित भएका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा (एकिकृत समाजवादी) का कृष्ण कुमार श्रेष्ठ किसानलाई उम्मेदवार बनाएको छ । एकल नाम सिफारिस भएका देवनारायण चौधरीलाई प्रदेशको टिकट दिएर मियाँलाई प्रतिनिधि सभामा टिकट दिएको हो ।
लालबाबु सिंह
कांग्रेस नेता लालबाबु सिंह अन्तिम समयमा पार्टी परित्याग गरेर लोसपमा पुगे । लोसपाले उनलाई प्रतिनिधि सभा सदस्यका लागि बारा क्षत्र नं. ३ बाट उम्मेदवार बनाएको छ । उनी सत्ता गठबन्धका साझा उम्मेदवार बनेका हुन् । कांग्रेसबाट टिकट नपाउने सम्भावना देखेपछि उनी टिकटकै लागि लोसपा प्रवेश गरेका हुन् । उनी २०६४ मा संविधान सभाका सदस्य हुन् । यो क्षेत्रबाट जसपाले संघीय सांसद रामबाबु यादब र नेकपा एमालेले निवर्तमान प्रदेश सांसद ज्वाल कुमारी साहलाई उम्मेदवार बनाएको छ । साह माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि कारबाहीमा परेकी थिईन् ।
सरोज यादब
मधेस प्रदेशका निवर्तमान सभामुख सरोज यादब लोसपा परित्याग गरि जसपाबाट उम्मेदवार बनेका छन् । उनी जसपाबाट बारा क्षेत्र क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार बनेका छन् । उनी मुख्यमन्त्री पदका दाबेदार हुन् । उनी जसपा–एमाले गठबन्धनका उम्मेदवार हुन् ।
उनी निर्वाचन जितेर ह्याट्रिक गर्ने गरि चुनावी मैदानमा उत्रेका छन् । २०७४ मा प्रदेश सभामा निर्वाचित भएका उनी २०६४ मा बारा १ बाट विजयी भएका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा उनी कांग्रेसका रामअयोध्याप्रसाद यादवसंग पराजित भएका थिए ।
यो क्षेत्रबाट सत्ता गठबन्धनका दुई उम्मेदवार छन् । कांग्रेस र नेकपा (एस) दुवैले उम्मेदवार उठाएका छन् । कांग्रेसबाट नगेन्द्र प्रसाद कानु र नेकपा (एस) बाट बतहु यादब छन् ।
राधा चौधरी
त्यसैगरि नेपाली कांग्रेसकी नेतृ राधा चौधरीले पनि पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा बारा–१ (क) मा उम्मेदवारी दर्ता गरेकी छिन् ।
स्वतन्त्र उम्मेदवारी
बाराको चुनावी मैदानमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ पार्टी परिवर्तन गरेर उम्मेदवार बनेका छन् भने केहि चाहिँ स्वतन्त्र उम्मेदवार बनेका छन् ।
सारदा शंकर प्रसाद यादब
प्रदेशको बारा क्षेत्र नं.२ (क) प्रदेश सभामा वर्तमान प्रदेशसभा सदस्य शारदा शंकर प्रसाद कलवारले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । यसअघि जनता समाजवादी पार्टीबाट विजयी भएका उनीले पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
रामकिशोर यादब
२०७४ मा बारा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका रामकिशोर यादबले जसपाले टिकट नदिएपछि बारा क्षेत्र नं.२ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यो क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) बाट शिवचन्द्र कुशवाहा र एमाले–जसपा गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव उम्मेद्वार छन् । उनी पूर्वमन्त्री हुन् ।
शिवनाथ पटेल
बारा क्षेत्र नं.३ (क) प्रदेशसभामा शिवनाथ पटेलले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । जनता समाजवादी पार्टीबाट प्रदेशसभाको टिकट नदिएपछि लौरो अभियानको हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका छन् ।
एकबहादुर श्रेष्ठ
नेकपा (एमाले) ले टिकट नदिएपछि निजगढ गाविसका पूर्व अध्यक्ष एकबहादुर श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेका जिल्ला सदस्य देवराज घिमिरे ‘रमण’ ले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरि अर्का नेता शिव नारायण चौधरी थारुको पनि स्वतन्त्र उम्मेदवारी परेको छ । त्यस्तै पूर्व निजगढ नगर उपाध्यक्ष चनक भट्टराईले पनि प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका छन् ।
यो क्षेत्रबाट एमालले निवर्तमान प्रदेश सांसद त्रिलोकी चौधरीलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनका कांग्रेसका रमेश दंगाललाई अघि सारेको छ ।
नारायण क्षेत्री
प्रदेशसभा सदस्यमा स्वतन्त्र उमेदवारी दर्ता गर्नेमा साविक डुमरवाना गाविसका पूर्वअध्यक्ष नारायण क्षेत्रीपनि छन् । क्षेत्री ०५४ सालमा एमालेका तर्फबाट डुमरवाना गाविस अध्यक्ष भएका थिए । क्षेत्री बारा–३ ‘क’बाट उनी उम्मेदवार बनेका हुन् ।
कलामुदीन अन्सारी
बारा ३ को प्रतिनिधि सभा सदस्यमा कलामुदीन अन्सारी बागी उठेका छन् । उनी एमाले प्रदेश कमिटी सदस्य हुन् ।
यो क्षेत्रबाट ज्वाला साह प्रतिनिधि सभा र रवीन्द्रदास श्रेष्ठलाई प्रदेशसभा सदस्यको उमेदवार बनाइएको छ । श्रेष्ठ कलैयाका पूर्वमेयर हुन् । उनी बारा–३ ‘ख’का बासिन्दा भए पनि ३ ‘क’बाट उमेदवार बनाइएको छ ।
यो क्षेत्रमा सत्ता गठबन्धनले माओवादीका मुकेश साहलाई उम्मेदवार बनाएको छ । २०७४ मा कलैया उपमहानगरपालिकाका मेयर प्रत्यासी हुन् ।
उमेश कुशवाह
यस्तै बारा–४ ‘ख’ बाट उमेश कुशवाहले बागी उमेदवारी दिएका छन् । एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । नेता कुशवाह प्रभु साह निकट हुन् । जसपासंगको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै साहले पार्टीको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
इच्छाबहादुर वाग्ले
व्यवसायि इच्छाबहादुर वाग्लेले नेपाली कांग्रेसबाट टिकट नपाएपछि बारा क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनकातर्फबाट नेकपा (एस) का कृष्णकुमार श्रेष्ठ किसान उम्मेदवार छन् ।
प्रधानमन्त्री देउवा भेटेपछि बारा ४ (क) कि कांग्रेस नेतृ रायमाझीले मैदान छाडिन
वि.सं.२०७९ असोज २९ शनिवार १२:२९

















