skip this

तल्लो तहलाई गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय लाद्न हुँदैन –गगन थापा

3.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।तल्लो तहका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको बेला गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय लाद्न नहुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाई छ । काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम हुने बताउनु भएको थियो ।

उहाँले आफूले सुरुदेखि नै नेतृत्व तहमा यही कुरा राखिरहेको जानकारी समेत दिनु भएको छ । उहाँले निर्वाचन पछाडि आफ्नो बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक भएको तर निर्वाचनभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा हाम्रो लागि अस्वाभाविक भएको जिकिर गर्नु भएको छ । उहाँले कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेर जितेका जनप्रतिनिधिहरुले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने बताउनु भएको छ ।

nijgadh-supermart-adz1200-630