skip this yams_Max_Hospital.jpeg

निजगढ १२ नं. वडा कार्यालयको सहयोगमा लायन्स क्लबद्धारा रामथलीमा निःशुल्क स्वास्थ्य शिविर

369 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–बाराको निजगढ १२ नं. वडा कार्यालयको सहयोगमा निजगढका तीन वटा लायन्स क्लबले रामथलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

निजगढ–१२ रामथलीस्थित श्री मन्जुश्री आधारभूत विद्यालय परिषरमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर एक सय ९० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

निजगढ सिटि हस्पिटलको प्राविधिक सहयोगमा वडाभित्रका असहाय र जेष्ठ नागरिक बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

शिविर वडा अध्यक्ष ज्ञानबहादुर गोलेलगायत जनप्रतिनिधि, वडा सचिव अरुणकुमार बस्नेत, क्लबका पदाधिकारी तथा सदस्य र अस्पतालका चिकित्सक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

nijgadh-supermart-adz1200-630