डा. सोनी श्रेष्ठको स्वास्थ्य सल्लाह : यी हुन् छाला रोगका समस्या र समाधान

675 shares

छाला हाम्रो शरीरको सबै भन्दा ठुलो अंग हो । यसले टाउकोदेखि पैतालासम्म शरीरको पूरै भागहरुलाई ढाकेको हुन्छ । साथसाथै घामपानी, घुलो घुवाँबाट बचाउँछ । जसरी शरीरको अरु अंगहरुले महत्वपूर्ण भूमिका खेलेको हुन्छ, छालाले पनि हाम्रो शरीरलाई स्वस्थ, सुरक्षित राख्न महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।

छालाका सामान्य समस्या

छालाको सामान्य समस्या भर्नुपर्दा जनरल टर्ममा हामी भन्छौँ । डर्मटाइटिस यस्तो विभिन्न कारणले हुन जान्छ । इरिटेशन, इनाफामेसन अफ द स्किन भनिन्छ । यसको उपचार सहि भएमा यसलाई नियन्त्रण गर्ने सजिलो हुन्छ । तर उपचार सहि नभएमा लामो समयसम्म बिरामीले यसको समस्या भोग्नुपर्ने हुन जान्छ ।

कुनै पनि घाउखटिरा लामो समयसम्म महिनै, वर्षौ सम्म पनि निको भएको छैन भने डाक्टरलाई तुरुन्तै देखाउनुपर्छ । किनभने यस्तो खालका घाउखटिरा क्यान्सरमा पनि परिणत हुन सक्छ । यदि छालामा कुनै पनि भागमा डल्लाडुल्लि, गाढागुढि आएको छ भने पनि डाक्टरलाई देखाउनु जरुरी छ ।

अर्को सिस्ट लाइपोमा हुन जान्छ जुन त्यति धेरै सिरेस हुन जादैन । अर्को स्क्रिीन क्यान्सर लिब्रोल क्यान्सर हुन जान्छ । त्यसैले डाक्टरलाई देखाउन आवश्यक छ । तिल कोठिहरु यो एकदमै सामान्य छ । तर यसमा साइज, सेप, रङमा परिणत भएको छ भने डाक्टरलाई देखाउन जरुरी छ । किनभने यो क्यान्सरको संकेत पनि हुन जान्छ ।

अर्को समस्या भनेको चिलाउने हो, यदि लामो समयसम्म चिलाउने भएको छ भने यो छालाको मात्र समस्या नभएर शरीरको अन्य भागको संकेत पनि हुन जान सक्छ । यदि छालाको समस्या हातखुट्टामा छ भने हामी सजिलै डाक्टरलाई देखाउन जान्छौँ तर यहि समस्या हाम्रो प्राइभेट अगंहरुमा छ भने लाज, सङ्कोज हिचकिचाहट मान्छौँ । शरीरको हरेक अंगले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । शरीरको कुनै पनि भागमा समस्या आएमा शरीरको सन्तुलनमा असर पु¥याउन जान्छ ।

त्यसैले शरीरको कुनै भागमा समस्या आएमा बिरामीले लाज नमानि तुरुन्तै डाक्टरलाई देखाउन जरुरी छ । सुगर छ भने सुगरको भएको व्यक्तिलाई इन्फेक्सन हुने जोखिम बढेको हुन्छ । बेलैमा डाक्टरलाई देखाएर एन्टिबायोटिक पनि सेवन गर्नुपर्ने हुन सक्छ । छालाको समस्या हो भन्दैमा बेवास्ता गर्नु हुदैँन त्यसैले कुनै पनि भागमा आएको समस्या होस् बेलैमा डाक्टरलाई देखाउन जरुरी छ । यसको विभिन्न इफेक्टिप उपचारहरु छन् तर सहि उपचार हुन आवश्यक छ । भनिन्छ, इफ बेटर टु बी सेफ देन सरि सधैँ प्रयत्न गरौँ स्वस्थ रहन शरीरको हेरचाह गरौँ ।

छालामा के गर्नु हुँदैन ?

मेडिकेसन सेयर भनेर हामी भन्छौ । यो प्राय छालामा हुन जान्छ । कुनै पनि औषधी खाने होस् या लगाउने एक आपसमा सेयर गनु हुँदैन । किनभने यो एउटै खालको समस्या नहुन सक्छ । पूर्णतया रोगको बारेमा जानकारी नभएको हुन सक्छ । यस्तो गर्दा समस्याको समाधान नभएर अरु समस्या पनि थपिन जान्छ । फाइदा भन्दा नोक्सान हुन सक्छ । कुनै पनि औषधी प्रयोग गर्दा राम्रोसँग बुझेर डाक्टरको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्दछ । छालाका लागि विभिन्न औषधीहरु उपलब्ध छन् के त्यो सहि हो त भनेर बुझ्नुपर्छ ।

आफुले प्रयोग गर्ने औषधी के हो ? कस्तो हो ? यसको फाइदा, बेफाइदा के हो भनेर जान्न निकै जरुरी छ । अर्को कुरा आफुलाई सहि भएको औषधी अरुलाई प्रयोग गर्नु भनेर सल्लाह दिनु हुँदैन । बिरामीको अवस्था डाइगोनिस्ट सहि भएन भने यसले फाइदा होइन बेफाइदा पु¥याउँछ । उपचार गर्न ढिलो हुन जान्छ ।

–प्रस्तुती: अनिषा खत्री