skip this farak Kura Pravakar

एकैपटक २६ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- सरकारले दुई दर्जन बढी सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा गरेका हुन् ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सत्य निरूपण आयोगकी सहसचिव सुशीला अर्यालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने श्रम मन्त्रालयका सहसचिव रमेश अर्यालको सत्य निरूपण आयोगमा सरुवा गरिएको छ ।

उद्योग, पर्यटन मन्त्रालय सुर्खेतका मोहन देव जोशीको वन तथा वातावरण मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका नवराज पुडासैनीको उद्योग, पर्यटन मन्त्रालय सुर्खेत, मुख्यमन्त्रीको कार्यालय मधेस प्रदेशका शिवनाथ पौडेलको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय दलित आयोगका निश्चल राज पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय मधेस प्रदेशका ओम नारायण श्रेष्ठको युवा, खेलकुद मन्त्रालय, युवा खेलकुद मन्त्रालयका रामशरण सापकोटाको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूर पश्चिम प्रदेशका रामहरि ज्ञवालीको उद्योग मन्त्रालय लुम्बिनी प्रदेश र उद्योग मन्त्रालय लुम्बिनी प्रदेशका हेमराज सुवेदीको शिक्षा मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएको छ ।

त्यस्तै कृषि तथा पशुपक्षी मन्त्रालयका कृष्ण धितालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ भने अतिरिक्तका रामबन्धु सुवेदीको आर्थिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश, खानेपानी मन्त्रालयका जकी अहमत अन्सारीको पर्यटन मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन मन्त्रालय लुम्बिनीका महेशचन्द्र न्यौपाने सहरी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेको आर्थिक मामिला मन्त्रालय सुर्खेत पुर्‍याइएको छ ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शङ्कर नेपालको सञ्चार मन्त्रालयमा सरुवा भएको छ भने काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतबाट केही दिन अघि मात्रै जगेडामा तानिएका लोकनाथ पौडेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । सामान्यको अतिरिक्तमा रहेका विष्णु कोइरालालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ भने विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको आन्तरिक मामिला मन्त्रालय विराटनगर सरुवा गरिएको छ ।

त्यस्तै अर्थ मन्त्रालयका मुक्ति प्रसाद पाण्डेको लोक सेवा आयोग र आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका जितेन्द्र बस्नेतको अर्थ मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका दीर्घ मैनालीको अर्थ मन्त्रालय, अर्थ मन्त्रालयका महेश भट्टराईको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सामाजिक विकास मन्त्रालय बागमतीका श्रीकृष्ण नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोक सेवा आयोगका रुद्र लामिछानेको मधेसी आयोग, अतिरिक्तका ध्रुवराम पण्डितको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, अतिरिक्तका ज्ञान प्रसाद ढकालको पर्यटन मन्त्रालय र सहसचिव माधव प्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

nijgadh-supermart-adz1200-630