skip this

बिहीबार आइपीओ बाँडफाँट गर्दै चिरख्वा हाइड्रोपावर

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चिरख्वा हाइड्रोपावरले बिहीबार आइपीओ बाँडफाँट गर्ने भएको छ। बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार कात्तिक १६ गते बिहीबार दिउँसो १ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको ‍हो।

सोमबार प्रि–अलोटमेन्ट सम्पन्न भएको उक्त कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ। किनभने यसमा मागभन्दा १५.३६ गुणा बढी आवेदन परेको छ।गोलापर्थाबाट भाग्यमानीले मात्र यस कम्पनीको आइपीओ हात पार्ने संभावना देखिन्छ। यसमा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका छन्।

जसमा ८५ हजार ९३० जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी ११ लाख २६ हजार ७१५ जनाको भने हात खाली हुनेछ। चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ। कम्पनीले भोजपुर जिल्लास्थित चिरख्वा खेलाको पानी प्रयोग गरी ४.७ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ।

nijgadh-supermart-adz1200-630