skip this yams_Max_Hospital.jpeg

‘द कपिल शर्मा शो’विरुद्ध उजुरी

1.26K shares
oil-nigam-amlekhgunj-adv.jpeg

मुम्बई(अमर उजाला)– भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध मध्यप्रदेशको शिवपुरी जिल्ला अदालतमा उजुरी परेको छ ।
     उजुरीकर्ताले शोको प्रसारक संस्था सोनी टीभीमाथि शोको एक एपिसोडविरुद्ध एफआईआर दर्ता गरेका छन् । उजुरीकर्ताले शोको एक एपिसोडमा केही कलाकार मञ्चमा आएर खुल्ला रुपमा मदिरा पिएको अभिनय गरेको आरोप लगाएका छन् ।
  Nत्यो बोतलमा ‘मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक हो’ भनि लेखिए पनि त्यसको पालना नगरेको दाबी उजुरीकर्ताको छ । उजुरीकर्तावाला वकिलले शिवपुरीको सीजेएम कोर्टमा उजुरी दर्ता गराएका थिए । ‘सोनी टेलिभिजनमा प्रसारण हुने ‘कपिल शर्मा शो’ बकवास हो ।
   शोमा मञ्चमा अदालत बनाइयो र सार्वजनिक रुपमा मञ्चमा कलाकारले मदिरा पिए । यो कानूनी अदालतको अपमान हो । यसकारण दोषीकाविरुद्ध मैले ३५६÷३ धारा अनुसार उजुरी दर्ताको माग गरें’, उजुरीकर्ताले भनेका छन् । उनले शोमा युवतीमाथि भद्धा प्रतिक्रिया दिने आक्षेप लगाएका छन् ।

nijgadh-supermart-adz1200-630