नारायणहिटीभित्र पसेर श्रीपेच लाउन खोजेपछि….
वि.सं.२०७८ असोज ८ शुक्रवार १४:५९
519
shares
काठमाडौ : नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतकाअनुसार रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी पक्राउ परेका हुन् । ‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको छ’, प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ असोज ८ शुक्रवार १४:५९