skip this

संविधानमा कतै जनयुद्ध नलेखिए पनि फागुन १ गते किन सार्वजनिक बिदा दिइयो –प्रेम सुवाल (भिडियोसहित)

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं -नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले संविधानमा कतै जनयुद्ध नलेखिएको भए पनि फागुन १ गते किन सार्वजनिक बिदा दिइयो भन्दै प्रश्न गरेका छन् ।

सांसद सुवालले राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् यात्रामा यातायात अवरुद्ध गर्दा आफैँ दुई घण्टा जाममा फसेको उल्लेख गर्दै जनतालाई दुःख नदिइ यात्रा गराउनुपर्ने उल्लेख गरेका छन् ।

सांसद सुवालले रासायनिक मल अभाव हुन थालेकाले बेलैमा मल आउने वातावरण बनाउन पनि सांसद सुवालले माग गरेका छन् । जलविद्युत् आयोजनालाई राष्ट्रियकरण गरिनुपर्ने सांसद सुवालको भनाइ थियो ।

सांसद सुवालले सरकारी क्षेत्रबाट सञ्चालित उद्योगलाई निजीकरण गरिँदा कपडालगायत सबै चीजबीजमा परनिर्भर हुनुपर्ने घटनाबाट पाठ सिक्न पनि सांसद सुवालले सरकारको ध्यानाकर्षण गराएका थिए ।

भिडियो :

https://www.facebook.com/watch?v=639328104625532

 

nijgadh-supermart-adz1200-630