राजनीतिमा रूपान्तरणसहित चार विषयमा विमर्श गर्न जरूरी रहेको छ –विश्वप्रकाश शर्मा (भिडियोसहित)
वि.सं.२०७९ फागुन ३ बुधवार १३:०१

काठमाडौं । राजनीतिमा रूपान्तरणसहित चार विषयमा विमर्श जरूरी रहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको भनाई छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले राजनीतिमा रूपान्तरण, सामाजिक विसंगतिहरूको अन्त्य, झन्झटिलो प्रशासनिन प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्यका लागि विमर्श जरूरी रहेको बताएका हुन्।
महामन्त्री शर्माले आफू हालसालै इलामस्थित प्रेम आचार्यको घर पुगेर आएको प्रसंग पनि सुनाएका थिए। शर्माले आत्महत्याका दरसमेत पछिल्लो समय वृद्धि भइरहेको र यसको कारण व्यक्तिको आकांक्षा र परिवेशबीच असन्तुलन रहेको बताएका छन्।आचार्यले गत माघ १० गते नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका थिए। उनको उपचारका क्रममा निधन भएको थियो।
भिडियो :
https://www.facebook.com/faraknepaltv/videos/889087249018896
वि.सं.२०७९ फागुन ३ बुधवार १३:०१















