skip this hetauda tech

अर्थतन्त्रलाई गतिशील बनाउनका लागि सबैले प्रयत्न गर्नुपर्छ – सभामुख घिमिरे

351 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उद्योगी, व्यवसायीहरूको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बताएका छन् । सभामुख घिमिरेले आज ललितपुर उद्योग वाणिज्य संघको स्थापना दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा व्यवसायीहरूलाई सहज वातावरण निर्माणका साथै आवश्यक ऐन कानून तर्जुमाका लागि पनि आफूले पहल गर्ने बताएका हुन् । उनले मुलुकको विकासका साथै रोजगारी सिर्जना लगायतका क्षेत्रमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

सभामुख घिमिरेले नाफासँग समाजप्रतिको उत्तरदायी बहन गर्नका लागि व्यवसायी तयार हुनुपर्ने बताएका छन् । सभामुख घिमिरेले नेपालको अर्थतन्त्रबारे सबै जानकार रहेकाले अर्थतन्त्रलाई गतिशील बनाउनका लागि सबैले प्रयत्न गर्नुपर्ने बताएका छन् ।

nijgadh-supermart-adz1200-630