श्रीकृष्ण प्रणामी युवा परिषद् निजगढको आँखा शिविर : तीन सय जनाको परीक्षण
१९ जनाको मोतिबिन्दु
वि.सं.२०७९ भदौ २७ सोमवार २२:२७
1.26K
shares

बारा– श्रीकृष्ण प्रणामी युवा परिषद् निजगढ सडकटोल ६ ले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
निजगढ नगरपालिका–६ सडकटोलस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजित शिविरमा तीन सय जना भन्दा बढीको आँखा बिरामीको निशुल्क आँखा परीक्षण गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद निजगढ प्रारम्भिक समितिका अध्यक्ष मोहन सापकोटाले जानकारी दिए ।
हेटौंडा सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा परीक्षणमा शिविरमा १० महिनाको शिशुदेखि एक सय एक वर्ष सम्मको मानिसहरुले निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

आँखा शिविर कार्यक्रममा १९ जनाको मोतिबिन्दु भेटिएकोले मोतिबिन्दु लागेका आँखा बिरामीहरुलाई निःशुल्क अप्रेसनको लागि हेटौंडा सामुदायिक अस्पाताल लैजाने अध्यक्ष सापकोटाले जानकारी दिए ।
वि.सं.२०७९ भदौ २७ सोमवार २२:२७
















