गजलमा परदेशीको नयाँ वर्ष
वि.सं.२०७९ वैशाख १ बिहीवार ०९:०१
2.23K
shares

यो साल पनि खल्लो खल्लो हुन्छ अब
अलि बढी घर सम्झी साहै्ै मन रुन्छ अब ।
साथी भाई छुट्ने भए पुरानो अब पनि
अर्को वर्ष संगै हुने बिताउने दिन गन्छ अब ।
नरमाइलो यसै यहाँ देशबाट टाढा हुँदा
अर्को चोटी घर जाने सपनाहरु बुन्छ अब ।
धेरै वर्ष यस्तै होला घर सम्झि रुनु पर्ने
सम्झनाका फूलहरु मन भित्रै ऊन्छ अब ।
अर्को साल आउने कोशिस हुन्छ अब मेरो
सारा संसार भुलाएर मनको कुरा सुन्छ अब ।
नयाँ साल २०७९ को शुभकामनासहित !
–मुलपानी, काठमाण्डौं, हाल : युएई
वि.सं.२०७९ वैशाख १ बिहीवार ०९:०१

















