skip this

अनु शाहको गजल

4.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कति कुरा मन भित्रै राखी रहे ओठ टोकी
बेचैनीमा उर्लिएका रहरका पोको बोकी

नयाँ नौलो सम्बन्धमा विश्वासको खाँचो हुन्छ,
उदासीमा पनि आज हिड्यो मन लक्ष्य तोकी

सपनामा किन हुन्थ्यो सम्झनाको तौल यहाँ
रातै भरि सताउँछ किन आउँथ्यो जोखी जोखी

आफैं भित्र हार्दैछु म जित्छ संधै कल्पना यो
अधिकार जमाउँछ साम्मुन्ने मै छाती ठोकी

आँत जल्छ हुरी चल्छ डढेलो नै सल्किए झैँ
मनै बैरी भएपछि कसले राख्न सक्छ रोकी

–चावहिल, काठमाण्डौं, हाल : बोस्टन, युएसए

nijgadh-supermart-adz1200-630