ड्रममा राखेको पानीमा डुबेर बालिकाको मृत्यु
वि.सं.२०७९ असार २२ बुधवार १२:२२
2.09K
shares

काठमाडौं । आफ्नै घरको ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको ज्यान गएको छ। हरिवन नगरपालिका–२, निवासी बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो ।ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।
घटनालगतै पुगेको प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयारी गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । शव परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए ।
वि.सं.२०७९ असार २२ बुधवार १२:२२

















