कृषि विकास बैंकको सीईओमा गोविन्द्र गुरुङ नियुक्त
वि.सं.२०७९ फागुन ७ आइतवार १२:५०
1.19K
shares

काठमाडौं-कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओको रुपमा नियुक्त गरेको हो ।
यसअघि सीईओ पदका लागि २२ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये ५ जना सर्ट लिस्टिङमा परेका थिए । त्यसमध्ये अन्तर्वर्ता र अन्य चरणबाट गुरुङ सीईओ नियुक्त भएका हुन् ।
यसअघि उनी सिभिल बैंकमा समेत सीईओको रुपमा काम गरेको अनुभव रहेको छ । भने उनले म्यानमार सिटिजन बैंठकको सीईओको रुपमा समेत काम गरेका छन् ।
उनीसँग २२ वर्ष विभिन्न बैंकमा काम गरेको अनुभव रहेको छ ।
वि.सं.२०७९ फागुन ७ आइतवार १२:५०

















