skip this farak Kura Pravakar

कोरोना अपडेट : एकैदिन १२ हजार ३३८ जनामा कोरोना पुष्टि

531 shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५० हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा १२ हजार ३३८ थपिएसँगै सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको हो । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६४९ जना कोरोनामुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९५ हजार ८८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ भने ८ लाख १८ हजार ८०९ जना संक्रमणमुक्त भएका छन् ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630