वर्षापछिको बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध
वि.सं.२०७९ साउन २२ आइतवार ०८:२६
831
shares

काठमाडौं । निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची–तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ ।
वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो । गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो ।
ब्खबतबच
वि.सं.२०७९ साउन २२ आइतवार ०८:२६

















