सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै,यस्ता छन् मुख्य कार्यसुची
वि.सं.२०७९ वैशाख ५ सोमवार ०७:३४
1.42K
shares

काठमाडौं । बिहान ९ बजे सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठक बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच भागबन्डाका विषयमा छलफल हुनेछ ।
विशेष गरी महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकस देखिएको छ ।आइतबार गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा भागबन्डा टुंग्याई शीर्ष नेतृत्वलाई रिपोर्ट बुझाउने तयारी थियो भने दलहरू आ–आफ्नै अडानमा रहँदा बैठक निष्कर्षविहीन बनेको थियो ।
वि.सं.२०७९ वैशाख ५ सोमवार ०७:३४

















