skip this

किशोरीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा हेटौंडा बसपार्कबाट हाेटल सञ्चालक पक्राउ

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-किशोरीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा हेटौंडा बसपार्कबाट एक जना महिला पक्राउ परेकी छिन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० ठूलो बसपार्कमा किशोरीहरुलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले हाेटल सञ्चालकलाइ पक्राउ गरेकाे हाे ।

बसपार्क स्थित निहारिका होटल संचालकले किशोरीहरुलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्दै पक्राउ गरिएको ४० वर्षिया महिलाको प्रहरीले परिचय सार्वजनिक गरेकाे छैन ।

२२ भदौमा पक्राउ परेको होटल संचालक विरुद्ध म्याद थप गरिएर अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ । उक्त होटलबाट अन्य किशोरीलाई पनि उद्दार गरिएको बुझिएको छ ।

nijgadh-supermart-adz1200-630