skip this farak Kura Pravakar

राष्ट्रिय बाल दिवस : निजगढमा प्रभातफेरी, बालमैत्री समाज निर्माणका गर्न मेयर पुरीको दृढता

1.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका आयोजित ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा निजगढले प्रभातफेरी सम्पन्न भएको छ ।

निजगढ नगर कार्यपालिकाको कार्यालय, निजगढको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो । प्रभातफेरी कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीहरु, सुरक्षाकर्मीहरु, पत्रकारहरु, सामुदायिक एवं संस्थागत विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक शिक्षिकाहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरु, नगर बाल सञ्जालका प्रतिनिधिहरु गरी करिब १५०० जनाको सहभागिता रहेको थियो ।

नगर कार्यपालिकाको कार्यालय, निजगढबाट शुरु भएको प्रभातफेरी कार्यक्रम लिचिटोल, शहिद चोक हुँदै बुद्ध चोक पुगी पुनः नगर कार्यपालिकाको कार्यालय, निजगढ आई सो कार्यक्रम समाप्त भएको थियो ।

प्रभातफेरी कार्यक्रमको समापनमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सम्पूर्ण बालबालिकाहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै बाल अधिकारको संरक्षण एवं प्रबर्द्धनका लागि क्रियाशिल सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

बालबालिकाको हक र अधिकारको सुनिश्चितता गरी बालमैत्री नगर एवं समाज निर्माणका लागि निजगढ नगरपालिका सदैव दृढ रहेकोले सो अभियानलाई सार्थकता दिन सम्बद्ध सरोकारवालाहरु सबैमा हार्दिक अनुरोध गरे ।

nijgadh-supermart-adz1200-630