कलैयामा अनलाईन प्रणाली मार्फत घर नक्सा पास सुरु
वि.सं.२०७८ चैत २५ शुक्रवार १७:२२

बारा । कलैया उपमहानगरपालिकामा पुर्ण रुपमा अनलाईन प्रणाली ईबिपिएस मार्फत घर नक्सा पास कार्यको उदघाटन गरिएको छ ।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले कार्यक्रमलाई उद्घाटन गर्दै अनलाईन मार्फत घर नक्सा पास हुने व्यवस्था लागू भए संगै नगरवासीलाई नक्सा पास गर्न सहज हुने बताएका छन् । यादवले उपमहानगरपालिकामा घर नक्सा पासमा आएको परम्परागत शैलीको विस्थापन हुनु उपलब्धि भएको बताउँदै यसले काम छिटो छरितो हुने पनि विश्वास लिएको बताए ।
ईविपिएस मार्फत कसरी काम हुन्छ भन्ने बारेमा प्राविधिक प्रवेश आचार्यले सहजीकरण गरेका थिए ।
उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाको नगर उप प्रमुख रहिमा खातुन, वडा अध्यक्षहरु निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा शाखा प्रमुख प्रल्हादप्रसाद वर्णवाल, स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र प्रसाद जयसवाल, योजना तथा प्रशासन शाखा प्रमुख हाजी मुस्ताक अन्सारी, राजस्व शाखा प्रमुख दिवाकर झा, शिक्षा शाखाका अधिकृत विजय अधिकारी, स्थानीय शासन विज्ञ नजबुल्लाह अन्सारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सुचना प्रविधि शाखा प्रमुख सुरेश यादवले गरेका थिए ।
वि.सं.२०७८ चैत २५ शुक्रवार १७:२२



















