skip this

जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको गृहमन्त्रीको प्रष्टीकरण

837 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको गोली लाग्दा भएको नवीना थारुको मृत्यु घटनाबारे गठित समितिले निष्पक्ष ढंगले छानबिन गर्ने दाबी गरेका छन् । उनले स्थानीय समुदाय, जनप्रतिनिधि र सर्वदलीय संयन्त्रले पनि घटनाको छानबिन गर्न माग गरेको र सोहीअनुसार समिति गठन गरिएको हो ।

उनले घटनालाई दुःखद् र जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको पनि स्पष्ट पारे । घटनाले संवेदनशील ठानिएर नै सरकार उत्तरदायी भएर समिति गठन गरिएको भन्दै उनले समितिले बुझाउने प्रतिवेदनको आधारमा संलग्नलाई कारबाही हुने आवश्यक बताए ।

सरकारले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरेको छ । थारुको हिजो प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो ।

nijgadh-supermart-adz1200-630