skip this

बारामा राजमार्ग केन्द्रित होटल अनुगमन, निजगढका ४ वटाले पाए खाद्य स्वच्छताको आधारमा ‘टु स्टार’ !

939 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजको आयोजनामा बाराको निजगढ, पथलैया र अम्लेखगञ्जका २१ वटा होटल÷रेष्टुरेन्टहरु खाद्य स्वच्छताका आधारमा होटल÷रेष्टुरेन्टहरु स्तरीकरण, नवीकरण तथा लोगो वितरण गरिएको छ ।

खाद्य स्वच्छताका आधारमा एउटा अति उत्तम, ६ वटा उत्तम, ६ वटा संतोषजनक, ८ वटा सामान्य ग्रिन स्टिकर तथा प्रमाणपत्र पाएको छ ।

खाद्य स्वच्छताका आधारमा अम्लेखगञ्जको एउटा अति उत्तम, २ वटा उत्तम, १ वटा संतोषजनक, ग्रिन स्टिकर तथा प्रमाणपत्र पाएको छ ।

त्यस्तै पथलैयाको १ वटा संतोषजनक, समान्य ग्रिन स्टिकर तथा प्रमाणपत्र पाएको छ ।

त्यस्तै निजगढको ४ वटा उत्तम, ४ संतोषजनक, १ सामान्य ग्रिन स्टिकर तथा प्रमाणपत्र पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजका प्रमुख सुरेश कुमार सिंहले बताएका छन् ।
राजमार्ग केन्द्रित गरेर पहिलो चरणमा होटल÷रेष्टुरेन्टको अनुगमन गरेर स्तरीकरण, नवीकरण तथा लोगो वितरण गरिएको प्रमुख सिंहले जानकारी दिएका छन् ।

निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, होटल तथा पर्यटन व्यवसायि संघ बाराका अध्यक्ष अर्जुन लम्साल, निजगढ ईकाइ अध्यक्ष रामकृष्ण घिमिरे, महासचिव डिबि दाहाल लगायतले लोगो तथा प्रमाणपत्र वितरण गरेका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विमल कुमार दाहालले पर्यटन बोर्डले प्रदान गर्ने स्टार र खाद्य स्वच्छताका आधारमा दिईने स्टार फरक भएको बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमार्फत विभिन्न ५० सूचकलाई आधार बनाएर थ्री स्टारसम्मको ग्रिन स्टीकर प्रदान गर्न सक्ने प्रमुख दाहालले बताएका छन् ।

टोलीमा खाद्य नियन्त्रक अधिकृत जगत प्रकाश चौधरी, श्रवण कुमार साह, प्रविण तिवारी लगायत सञ्चारकर्मीहरु सहभागी थिए ।

टु स्टार प्राप्त गरेको राजमार्ग होटलका सञ्चालक राज श्रेष्ठले अनुगमनका बेलामा मात्र नभई ग्राहकको सन्तुष्टिका लागि सधैं स्वच्छतामा ध्यान दिने गरिएको बताएका छन् ।

यी हुन् टु स्टार पाउने निजगढका होटल

खाद्य स्वच्छताका आधारमा निजगढका ४ वटा होटलले टु स्टार पाएका छन् । जसमा राजमार्ग, होटल रुद्राक्ष, बर्गर हाउस, तारा ईन रहेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले मंसिर ३ र ४ गते अनुगमन गरेको थियो ।

nijgadh-supermart-adz1200-630