skip this hetauda tech

राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न लाग्ने छु –उपराष्ट्रपति यादव

333 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले बताएका छन् । उपराष्ट्रपति यादव शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि लाग्ने बताएका हुन ।

उनले शान्ति प्रक्रियाका कामहरु निष्कर्षमा पु¥याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पु¥याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बताएका छन् । नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने जनता र सांसदहरुप्रति धन्यवाद प्रकट गरे ।

nijgadh-supermart-adz1200-630