सुर्खेतका लागि उडेको बुद्ध एयरमा समस्या देखिएपछि बिचबाटोबाटै काठमाडौं फर्कियो
वि.सं.२०७९ चैत ४ शनिवार ०९:१८
1.12K
shares

काठमाडौं, चैत ४ गते । आज बिहान सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ।काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ।
जहाज स–कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ।जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।
वि.सं.२०७९ चैत ४ शनिवार ०९:१८

















