skip this

रुसी राष्ट्रपति पुटिनविरुद्ध आईसीसीले जारी गर्यो पक्राउ पुर्जी

975 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको छ । यी अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने पनि समावेश छ। यी अपराध युक्रेन मा २४ फेब्रुअरी २०२२ देखि भएको उल्लेख, जब रूसले आफ्नो पूर्ण मात्रामा आक्रमण सुरु गरेको थियो।

आईसीसीले पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ, जसमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ ।रुसले भने आक्रमणको क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ। पक्राउ पुर्जी बारे प्रतिक्रिया दिँदै रुसी विदेश मन्त्रालयका प्रवक्ताले यसको ‘कुनै महत्त्व’ नभएको जिकिर गरिन् ।

nijgadh-supermart-adz1200-630