प्रचण्डले देशको हित विपरित सम्झौता गरे पार्टी चुप लागेर नबस्नेः नेता पोखरेल
वि.सं.२०८० जेठ १८ बिहीवार ०९:३२
/f;;;Fu s'/f ub}{ pkk|wfgdGqL kf]v/]n sf7df8f}F, * h]7 M g]kfnsf] klZrdL ;Ldfdf ef/tLo cltqmd0fsf ;Gbe{df /f;;;Fu s'/f ub}{ pkk|wfgdGqL Pj+ /IffdGqL O{Zj/ kf]v/]n . t:jL/ M k|bLk/fh jGt÷/f;;
काठमाडौ। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सहमति गर्नसक्ने बताउँदै त्यसको लागि खवरदारी गर्नुपर्ने जनाएका छन् ।
नेकपा (एमाले) जिल्ला कमिटी सिरहाले गोलबजारमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरित सम्झौता गरे पार्टी चुप लागेर नबस्नेसमेत बताएका छन् ।
एमाले सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरित कुनैपनि सहमति सम्झौता मान्य नहुने उनको भनाई थियो । उनले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत र व्यवस्थित पार्टी वनाउन कार्यकर्ताहरुलाई आव्हानसमेत गरेका छन् ।
वि.सं.२०८० जेठ १८ बिहीवार ०९:३२

















