skip this

अदालतले टुकुचालाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी देश भनेर प्रमाणित गर्छ ? –बालेन शाह

3.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज सामाजिक सञ्जाल मार्फत काठमाडौँ महानगरका मेयर बालेन शाह (बालेन्द्र)ले सवोच्च अदालतमाथि कटाक्ष गरेका छन्। उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इछुमती ) नदीलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’ ।

बुधबार अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो। उच्च अदालत, पाटनले टुकुचा खोलामाथि रहेका संरचना भत्काउने विषयमा परेका मुद्दाको सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो। त्यसपछि बालेनको यो कटाक्ष आएको हो।

nijgadh-supermart-adz1200-630