skip this

क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।  गोलकिपर डोमिनिक लिभाकोभिचले लगातार पेनाल्टी सुट आउटमा चम्किएपछि क्रोएसियाकाकतार फिफा विश्वकप २०२२ को सेमिफाइनलमा स्थान बनाएको छ । क्रोएसियाले क्रोएसिया पाँच पटकको पूर्व विजेता ब्राजिललाई ४–२ ले हराउँदै अन्तिम चार पुग्न सफल भएको हो । 

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको खेलको अतिरिक्त समयमा दुवै टोलीले एक–एक गोल गरेका थिए । यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

लिभाकोभिचले ब्राजिलका रोड्रिगोको प्रहार रोकेका थिए । यसैगरी मार्किन्होले प्रहार गरेको बल पोलमा ठोकिएको थियो । ब्राजिलको लागि कासेमिरो र पेड्रोले गोल गरेका थिए ।

क्रोएसियाका तर्फबाट निकोला भ्लासिच, लेभ्रो मायर, कप्तान लुका मोडरिच र मिस्लाभ ओर्सिचले पेनाल्टीमा गोल गरेका थिए ।
 

nijgadh-supermart-adz1200-630