स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य पुनले रोजे माओवादी केन्द्र
वि.सं.२०७९ चैत ८ बुधवार १०:५१
711
shares

काठमाडौं । लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । उनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेका हुन ।
पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भउका थिए । तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका थिए । पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उन्ी पुनः माओवादी केन्द्रमै फर्किएका छन् ।
वि.सं.२०७९ चैत ८ बुधवार १०:५१
















