साफ यू–१७ महिला च्याम्पियनसिपः आज भुटानको सामना गर्दै नेपाल
वि.सं.२०७९ चैत ८ बुधवार १०:४५
1.04K
shares

काठमाडौं । नेपालले आज साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भुटानको सामना गर्दैछ ।ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भुटानबीचको खेल राति ७ बजे सुरु हुनेछ ।
नेपाल आज भुटानलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ ।प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।नेपालले तेस्रो खेलमा बुधबार आइतबार रुससँग खेल्नेछ । यस्तै नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।
वि.सं.२०७९ चैत ८ बुधवार १०:४५
















