दलहरुले बुझाएको समानुपातिक सांसद्को नामावलीबारे छानविन सुरु–शालिग्राम पौडेल
वि.सं.२०७९ मंसिर २५ आइतवार ०९:१६

काठमाडौं । दलहरुले बुझाएको समानुपातिक सांसद्को नामावलीबारे निर्वाचन आयोगले छानविन सुरु भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्राप्त नामावलीमा क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई पत्राचार गरिने जानकारी दिएका छन् ।
आयोगले सोमबारसम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गरिने बताएको छ । राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले जनाएको छ । हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५५ सिटमा सांसद्हरुको नामावली बुझाएका छन् ।
वि.सं.२०७९ मंसिर २५ आइतवार ०९:१६

















