देशका लागि लड्छ, त्यस्तो पार्टी चुनावमा हार्छ, हार्ने स्थिति छ –अध्यक्ष ओली
वि.सं.२०७९ फागुन २० शनिवार १३:१३
660
shares

काठमाडौं । राजनीति, राजनीतिक जागरण, राजनीतिक परिवर्तन, राजनीतिक रुपान्तरणको विकास गर्नुपर्नेमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जोड दिएका छन्। आज भक्तपुरको गठ्ठाघरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले राजनीति नै पछाडि परेकाले अरु क्षेत्र पनि पछि परेको बताएका हुन।
‘एमाले जस्तो पार्टी, जो देश बनाउँछ, देशका लागि लड्छ, त्यस्तो पार्टी चुनावमा हार्छ, हार्ने स्थिति छ, बहुमत ल्याउँदैन भने राजनीति कहाँ छ भन्ने थाहा पाउनुपर्यो। जनताको चेतना कहाँ छ भन्ने थाहा पाउनुपर्यो’, उनले भने।
वि.सं.२०७९ फागुन २० शनिवार १३:१३

















