परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी छ –प्रदीप पौडेल
वि.सं.२०७९ पुस २ शनिवार १२:१९

काठमाडौं । देशमा उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी रहेको नेपाली कांग्रेसका नेता एवम् काठमाडौं–५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले बतएका छन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका हुन्।उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे। उनले निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने बताए ।
े आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्ने उनको भनाई छ । मत प्राप्त गरे पनि अब आम नागरिकको मन जित्न जरुरी रहेको नेता पौडेलले बताएका छन् । अबको पाँच वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने र स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
वि.सं.२०७९ पुस २ शनिवार १२:१९
















