पेरुमा राष्ट्रपतिमाथि महाअभियोग लगाएपछि चर्कियो हिंसा, २० जनाको मृत्यु
वि.सं.२०७९ पुस २ शनिवार ११:४३
639
shares

काठमाडौं, २ पुस । पेरुमा निवर्तमान राष्ट्रपति पेड्रो कास्टिलामाथि महाभियोग लगाएसँगै हिंसा चर्किएको छ । हिंसात्मक प्रदर्शन भइरहेका बेला दुई सरकारी मन्त्रीले आफ्नो पद त्यागेका छन् । सुरक्षाकर्मी र पेड्रो कास्टिलोका समर्थकहरूबीच भएको झडपमा बिहीबार थप आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
योसँगै जारी हिंसामा मृत्यु हुनेको संख्या २० पुगेको छ । प्रदर्शनकारीहरूले विमानस्थल बन्द गर्न बाध्य पारेपछि हजारौं पर्यटक कस्को शहरमा फसेका छन् । संसदले क्यास्टिलोलाई पदबाट हटाएपछि प्रदर्शन सुरु भएको हो।पेरु वर्षौंको राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ ।
वि.सं.२०७९ पुस २ शनिवार ११:४३

















