skip this

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो –गृहमन्त्री खाण

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको भएको गृहमन्त्री बालकृष्ण खाणको भनाई छ । आज सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा उनले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन पनि दिए । गृहमन्त्री खाणले लोकतन्त्रलाई मजबुत बनाउनका लागि आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मैत्रीपूर्णरूपमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह पनि गरे ।

निर्वाचन सम्पन्न भएपछि देशले परिवर्तनको गति लिने भन्दै नेपाली कांग्रेस लोकतन्त्रको रक्षा गर्ने पार्टी भएको बताए । गृहमन्त्री खाणले मुलुकमा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेसलाई मत दिन आग्रह पनि गरे ।कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिनेशकुमार यादवले आगामी निर्वाचनमा समग्र नागरिकका एजेण्डालाई समेटेर अघि बढेकोले निर्वाचनपछि मुलुकको सबैभन्दा ठूलो दल बन्ने जिकिर गरे ।

nijgadh-supermart-adz1200-630