skip this yams_Max_Hospital.jpeg

त्रिवेणी स्पेनिङ उद्योगले १५ सय श्रमिकलाई जगेडामा राख्याे ! अखिल नेपाल औद्योगिक मजदूर संघकाे आपत्ति

3.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-पथलैया-वीरगन्ज ओैद्याेगिक क्षेत्रकाे बाराकाे छातापिपरामा रहेकाे त्रिवेणी स्पिनिङ मिल्स लिमिटेडले श्रमिकलाई जगेडामा राखेको छ ।

विद्युत आपूर्ति कटाैती भएको भन्दै उद्योगमा कार्यरत एक हजार पाँच सय श्रमिकलाई जगेडामा राखेकाे हाे ।

उद्योगको आधिकारीक ट्रेड यूनियन अखिल नेपाल औधोगिक मजदूर संघका सचिव लुटेन्द्र मिश्रले १५ दिनकाे लागि भनेर श्रमिकलाइ जगेडामा पठाएको जानकारी दिए । याे अवधिको ४ घण्टाकाे मात्र पारिश्रमिक दिनका लागि उद्योगले श्रमिकलाई जगेडामा पठाएको बताए । उनका अनुसार वर्षमा १५ दिनसम्म जेगेडामा राख्न सक्ने कानुनी व्यवस्था भएपनि विद्युत कटाैतीकाे बाहानामा श्रमिक कटौती गर्न सक्ने आशंका व्यक्त गरे ।

हाल यो समस्या समधान भएन भने सम्पूर्ण मजदूर हाल समस्या समधान न हुन्जेल बेरोजगार हुन सक्ने उनले बताए ।

त्रिवेणी स्पेनिङ उद्योगकाे मुलगेट ।

महासंघकाे ध्यानाकर्षण

अखिल नेपाल औद्योगिक मजदुर संघ केन्द्रिय समितीले श्रमिकलाई जगेडामा पठाउने र मजदुर कटौती हुन थालेकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराएको छ ।

संघका केन्द्रीय अध्यक्ष बेनी तिमल्सिनाले बुधबार एक प्रेस विज्ञप्ति निकालेर विद्युत कटाैतिले उद्योग बन्द भएको अवस्थामा त्रिवेणी स्पेनिङ लि बारामा कार्यरत १५०० श्रमिकहरुलाई उद्योगपतिले जगेडामा राखेको र अझै अन्य उद्योगका १०,००० श्रमिकहरुको रोजगारीमा समेत प्रत्यक्ष प्रभाव पर्नसक्ने भन्दै अखिल नेपाल औद्योगिक मजदुर संघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

२०७२ साल देखि २०७६ सालसम्म ट्रकलाईनबाट, डेडिकेटेड फिडर प्रयोग गरी विद्युत उपभोग गरेका उद्योगहरुले महसुल वापतको अरवौ रकम नतिरेको भनी नेपाल विद्युत प्राविधीकरणले २०८० पौष ७ गतेबाट उद्योगमा विद्युत आपूर्ति राेकेकाे छ ।

विज्ञप्तिमा भनिएको छ- विद्युत महसुल तिर्नु बुझाउनुपर्ने काम उद्योगीहरुको र महसुल उठाउने जिम्मेबारी नेपाल विद्युत प्राविधिकरणको भएको हुँदा यो विषयले श्रमिकहरुको रोजगारीमा कुनै किसिमको असर नपरोस् भन्ने तर्फ अखिल नेपाल औद्योगिक मजदुर संघ सम्बन्धित सरोकारवाला सबैलाई गम्भीर ध्यानाकर्षण गराउदछौ। साथै विद्युत महसुल बुझाउन बाँकी उद्योगीहरुले महसुल बुझाई उद्योग सञ्चालन गर्ने वातावरण बनाउन र विद्युत प्राविधिकरणले पनि अहिले आर्थिक मन्दीको बाहाना बनाई ऊद्योगीहरुले श्रमिकहरुलाई कटौती गर्ने, जगेडामा राख्ने जस्ता मजदुर विरोधी कार्य गरिरहेको छ ।

अखिल नेपाल औद्योगिक मजदुर संघ केन्द्रिय समितीले यस्तो अवस्थामा मजदुर विराेधी कार्यलाई टेवा पुग्ने गरी विद्युत लाइन काट्नु भन्दा कानुनी वाटोबाट निकासा खोज्न र समस्यामा श्रमिकहरुलाई असर नपर्नेगरी तत्काल समाधानको पहल सुरु गर्न नेपाल सरकारसंग माग गरेकाे छ ।

nijgadh-supermart-adz1200-630