skip this

सम्सी गाउँपालिकामा प्रारम्भिक चरणमा जसपाको अग्रता

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सम्सी गाउँपालिका मतगणना सुरु भएको छ । पहिलो चरणमा ६ सय मत गन्दा १० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।अहिलेसम्मको पारम्भिक नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार फारूक शेख ३०, नेपाली कांग्रेसका उम्मेदवार उत्तिमप्रसाद यादवले ८९, माओवादी केन्द्रका उम्मेदवार मोहम्मद सहवाज हैदर १३, जसपाका उम्मेदवार रामनाथ यादव १५७, लोसपाका उम्मेदवार शेख अनवारुल हक ८९ र जनमतका उम्मेदवार राजकिशोर चौधरीले अध्यक्षको लागि ९० मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्ष पदको लागि नेकपा एमाले मिनाक्षी कुमारीले २९, नेपाली कांग्रेसकी उर्मिला देवी साहले १९४, माओवादी केन्द्रका अर्चनाकुमारी यादवले आठ जसपाकी अनिता कुमारीले १६५, रामदुलारी देवीले ९० मत, जनमतबाट रितादेवी झाले ७९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

वडा अध्यक्षमा नेकपा एमालेबाट संतोषकुमार महतो ३१, नेपाली कांग्रेसबाट बिपिन बिहारी यदुवीर २२०, गौरीशंकर लाल कर्णले पाँच जसपाबाट रामकिशोर यादवले १४५, लोसपाबाट सुजीत राउत कुर्मीले ९० मत प्राप्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630